कैलालीको धनगढी – १४ बाट ट्याक्टर सहित ६ वटा सालका गोलिया बरामद
धनगढी: कैलालीबाट ट्याक्टर सहित ६ वटा सालका गोलिया बरामद गरिएको छ । वनको गस्ति टोलीले कैलालीको धनगढी १४ फुलबारीबाट ट्रेयाक्टर सहित सालको काठ बरामद गरेको हो । टोलीले बुधबार राती फुलबारीको बक्टैया तालको भारताल साझेदारी वनको भित्र सालका गोलीया बनाई लैजाने क्रममा ट्याक्टर सहित बरामद गरेको थियो ।


सालका ६ गोलीया से १ त २३० नम्बरकको ट्रेयाक्टरमा अबैध रुपमा काठ लुकाइ छिपाइ लैजादै गरेको अबस्था सवडिभिजन फुलबारी र भारताल साझेदारी सामुदायिक वन उपभोक्ता समुहको संयुक्त गस्ती टोलीले बरामत गरेको भारताल साझेदारी सामुदायिक वनका अध्यक्ष यादव भण्डारीले जानकारी दिए ।




अहिले भारताल बन क्षेत्रमा काठ चोरीको घटना बढ्न थालेपछि काठ चोरी निकासी नियन्त्रण गर्न गस्ती बढाएको अध्यक्ष भण्डारीले बताए ।




