अत्तरियामा रहेको सत्यवती एकेडेमीले २२ कठ्ठा जमिनमा स्पोट्स सेन्टर निर्माण गर्दै

अत्तरिया: कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको सत्यवती एकेडेमीले २२ कठ्ठा जमिनमा स्पोट्स सेन्टर निर्माण थालेको छ । विद्यालय भवन संगै जोडीएको जमिन भाडामा लिएर सत्यवतीले स्पोट्स सेन्टर निर्माण सुरु गरेको हो ।

May be an image of tree and outdoors
स्पोट्स सेन्टरमा पाँच ओटा पक्की र दुई ओटा कच्ची क्रिकेट प्राक्टीस स्थल,दुईओटा ब्यामिन्टल कोर्ट,एउटा भलिबल कोर्ट,चारओटा टेबल टेनिस बोर्ड,एउटा बास्केटबल कोर्ट र दुईओटा फुटबल कोर्ट निर्माण गरीने जनाईएको छ । करिब २५ लाखको लगानीमा स्पोट्स सेन्टर बनाउन थालीएको सञ्चालक विर बहादुर कडायतले बताएका छन् ।


विद्यार्थीलाई खेलकुदमा सक्रिय गराउनकासाथै, बालबालीकाको स्वास्थ्यलाई ध्यानमा राख्दै महंगोमा जमिन भाडामा लिएर स्पोट्स सेन्टर निर्माण गर्न थालीएको उनले बताए । २०६९ सालमा स्थापना भएको उत्त विद्यालयमा अहिले १७ सय जना विद्यार्थी अध्ययनरत भने शिक्षक तथा कर्मचारी गरी ९० जना कार्यरत छन् ।

Loading...