घरेलु तथा साना उद्योग कार्यालय बझाङद्धारा एक महिने युवा स्वरोजगार ड्राइभिङ तालिम

बझाङ: एक महिने युवा स्वरोजगार ड्राइभिङ तालिमको आज उद्रघाटन गरीएको छ । घरेलु तथा साना उद्योग कार्यालय बझाङको आयोजना उग्रतारा ड्राइभिङ टे्रनिङ सेन्टरको सहयोगमा डडेल्धुरामा तालिमको आज एक कार्यक्रमका बिच उद्रघाटन गरीएको हो ।

 

ड्राइभिङ तालिम लिएका कोही पनि युवा बेरोजगार भएर बस्नु नपरेको तथ्यलाई ध्यानमा राखेर सिप सिकौ स्वरोजगार बनौ भन्ने नारा सहित ड्राइभिङ तालिम सुरु गरिएको घरेलु तथा साना उद्योग कार्यालय बझाङले जनाएको छ । घरेलु तथा साना उद्योग कार्यालय बझाङ उधम विकास प्राविधिक दशरथ बहादुर जप्रेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका कार्यालय प्रमुख केशव सिह भण्डारी रहनु भएको थियो ।

तालिममा बझाङका १५ जना युवाहरुको सहभागीता रहेको छ । उग्रतारा ड्राइभिङ टे्रनिङ सेन्टरले तालिममा सहजीकरण गर्ने जनाइएको छ । वझाङमा मापदण्ड पूरा गरेका ड्राइभिङ टेर्निङ सेन्टर नभएकाले गत आर्थिक बर्षमा दिइएको ड्राइभिङ तालिम प्रभाकारि नभएको भन्ने गुनासो आएपछि यो पटक डडेल्धुरामा तालिम दिन लागीएको घरेलु तथा साना उद्योग कार्यालय बझाङ उधम विकास प्राविधिक दशरथ बहादुर जप्रेलले बताउनुभयो ।

Loading...