अछाममा प्रस्तावित चौरपाटी बहुमुखी क्याम्पस तदर्थ समितिको बैठक सम्पन्न

अछाम : प्रस्तावित चौरपाटी बहुमुखी क्याम्पस तदर्थ समितिको बैठक बिहिबार सम्पन्न भएको छ । तदर्थ समितिका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षतमा बैठक सम्पन्न भएको हो ।

 

बैठकले राम बहादुर थापाको अध्यक्षतमा १६ सदस्यीय आर्थिक उपसमिति गठन गरिएको छ । बैठकले क्याम्पसको संचालनको लागि त्रिभुवन विश्वविद्यालय वा सुदुर पश्चिम विश्वविद्यालय जुनबाट अनुमति लिन सहज हुन्छ उक्त विश्वविद्यालयबाट अनुमति लिने निर्णय गरेको तर्दथ समितिका अध्यक्ष साउदले जानकारी दिनुभएको छ ।

प्रस्तावित चौरपाटी बहुमुखी क्याम्पसलाई आर्थिक सहयोग गर्ने चन्दा दातालाई सम्मान गर्ने समेत निर्णय गरिएको छ । ५० हजारदेखि १ लाख सहयोग गर्नेको स्मारिकामा नाम प्रकासन, १५ हजारदेखि २० हजार सहयोग गर्नलाई दोसल्ला द्धारा सम्मान, २० हजारदेखि २५ हजार सहयोग गर्नेको फल्यासबोर्डमा नामराख्ने, ५ हजार सहयोग गर्नेलाई साधारण सदस्य प्रदान गर्ने र ५० हजार माथि सहयोग गर्नेलाई आजिवन सदस्य बनाउने निर्णय भएको छ ।

 

क्याम्पसको विधान निर्माण समितिमा शिक्षक महासंघ जिल्ला अध्यक्ष दिप बहादुर कुँवर, सिउडी माविका शिक्षक कृपाराम पाण्डेय, चौरपाटी शिक्षा शाखाका निवर्तमान प्रमुख वुद्धि सुनार, सिउडी माविका शिक्षक बिरेन्द्र बहादुर शाहलाई थप्ने निर्णय भएको छ ।

 

बैठकमा चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउद, वडा न.१अध्यक्ष बिर बहादुर थापा,वडा न. ४ अध्यक्ष लाल बहादुर धामी,समाजसेवि बुद्विजिवी, शिक्षक,निवर्तमान जनप्रतिनिधि, शिक्षक महासंंघका अध्यक्ष दिपबहादुर कुँवर, बैजनाथ नमुना मा.वि.का प्रअ शम्भु बहादुर कुँवर लगायतको सहभागिता रहेको थियो । बैठकको संचालन सिउडि मा.बि.का प्रधानाध्यापक रमेश धानुकले गर्नु भएको थियो ।

Loading...