तराईका जिल्लामा हुस्सु र सितलहर, उच्च पहाडी तथा हिमाली भु-भागमा हिमपात
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरूमा हुस्सु लागिरहेको छ।


आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ। यो क्रम रातीसम्म चल्ने महाशाखाले जनाएको छ ।




तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु लाग्ने भएकोले दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।



