ब्राजिलमा जन्मिएका युवा बाबा कैलालीको गोदावरी जंगलमा तीन वर्षदेखि ध्यान गर्दै ! यस्तो भन्छन बाबा- भिडियो सहित

कैलाली जिल्लामा रहेकाे गोदावरीधाममा विगत तीन वर्षदेखि ब्राजिलका एक युवा ध्यान गरेर बसिरहेका छन् । उनी गोदावरी नदीकाे पारिपट्टि पहाडको फेदीमुनी ध्यान गरेर बसेका हुन् । उक्त ठाउँ गोदावरीधामभन्दा करिब ५ सय मिटर मात्र टाढा रहेकाे छ ।

‘ब्राजिल बाबा’ का नामले चिनिने यी युवाले अचेल आफ्नो नाम महाराज शिवनाथ राखेका हुन् । ब्राजिलमा सेनाको जागिर छोडेर भौतारिँदै भारत पुगेका उनी बुद्ध दर्शन, भागवत गीता, वेद र विभिन्न पुराणसँग सम्बन्धी प्रवचनहरू सुनेपछि हिन्दुधर्ममा लागेकाे उनले बताए । भारतमा पाँच वर्ष बसेपछि नेपालका विभिन्न मन्दिर घुम्दै उनी तीनवर्षअघि बैतडी, बझाङ, डडेल्धुरा, डोटीलगायतका जिल्ला घुमेर गोदावरीमा बस्न अाएका हुन् ।

पछिल्लो समय उनले नेपाली भाषा सिकिसकेका छन् भने आफूले यस क्षेत्रका बारेमा किताब लेखिरहेको जानकारीसमेत दिए । उनीसँगै अन्य चारजना बाबा त्याे ठाउँमा बस्दै अाएका छन् ।

उनी भन्छन् ”ज्ञान आर्जनको लागि गोदावरी एकदमै उपयुक्त ठाउँ हाे । साथै माघी मेलामा गाेदावरीमा अरू बाबाहरू पनि आउने गर्छन, त्यस अवसरमा भजन कृतन, कथा, भगवत पुराण लगाइने हुँदा निकै आनन्द महसुस हुन्छ ।”

उनी बिहान ४ बजे नै उठेर स्नान गरि ६ बजेसम्ममा ध्यान गर्ने गर्दछन् । ३१ वर्षीय ब्राजिल बाबा १२ वर्षदेखि ज्ञानआर्जनका लागि ध्यान गर्न ब्राजिलबाट भारत हुँदै नेपाल आएका उनी हाल घरपरिवारसँग सम्पर्कमा नरहेकाे बताउनँछन् ।

Loading...