कैलालीको गोदावरी – ८ को स्याउलेबजारमा विश्वनाथ महादेव मन्दिरमा सप्ताह ज्ञान महायज्ञ लाग्ने

अत्तरिया: कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउलेबजारमा रहेको विश्वनाथ महादेव मन्दिरमा सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको छ । मन्दिरमा माघ १५ गतेदेखी सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको हो । समैजी विश्वनाथ महादेव मन्दिर व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गर्दै महायज्ञ लाग्नेबारे जानकारी गराएको हो ।

मन्दिरको स्तरोन्ती,गौशाला निर्माण तथा धर्म सँस्कृती रक्षाको लागी महायज्ञ लगाउन थालीएको मन्दिर व्यवस्थापन समितिका संयोजक गोपाल देउवाले बताएका छन् । पछील्लो समय दुध खाएर गाइलाई जंगलमा छोड्ने प्रवृती बढेका कारण पनी वडामा व्यवस्थीत गौशाला आवश्यक रहेको उनले बताए । महायज्ञ सफलता पुर्वक सम्पन्न गर्नकालागी विभीन्न समितिहरु निर्माण गरीएको र तयारीमा भोलीदेखी नै लाग्नेयनले बताए ।

महायज्ञमा प्रवचन अच्युत शरण महाराजले गर्नेछन् । मन्दिरव्यवस्थापन समितिका अध्यक्ष प्रेम बोगटीले मन्दिरको उत्त प्रयासलाई सफल पार्न सक्दो सहयोग गर्न आग्रह गरे । २०७२ सालमा स्थानीयकै सहयोगमा सातलाख रुपैयामा स्थापना भएको उनले बताए । महमयज्ञमा करिब पाँच लाख खर्च लाग्ने अनुमान समितिले गरेको छ । महायज्ञ २२ गते सम्पन्न हुनेछ । मन्दिर परिसरमा निर्माण गरीएको मन्दिरको सचिवालयको पनी आजै उद्घाटन गरीएको थियो ।

Loading...