धनगढी उपमहानगरपालिकाको कृषि महाशाखामा दिउँसै अश्लिल क्रियाकलाप,संग्लन कर्मचारीलाई सोधियो स्पष्टिकरण

धनगढी ः गत विहिबार धनगढी उपमहानगरपालिकाको कार्यालयको कृषि महाशाखा कक्षको ढोका ४ बजेपछि भित्रबाट बन्द गरिएको थियो । कार्यालयका ढोका बन्द गर्ने एक कर्मचारीले विभिन्न कक्षका ढोका बन्द गर्दै जाँदा सो कक्षको ढोका भित्रबाट बन्द गरिएको भेटाए । मान्छेभित्र रहेको भान पाएपछि कर्मचारीले ढोका खुल्न आग्रह गरे । तर, झट्टै ढोका खुलेन ।

ढिलागरी ढोका खुल्दा भित्र युवा–युवती अश्लिल अवस्थामा कर्मचारीले देखे । कक्षमा रहेका युवा उपमहानगरपालिकामै कार्यरत कर्मचारी थिए भने युवती अपरिचित थिइन् ।

उक्त क्रियाकलापमा संग्लन ती युवक कर्मचारीमाथि अहिले उपमहानगरपालिकाले कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

‘कार्यालयका कोठाहरु बन्द गर्दै जाँदा एक महाशाखाको कक्षको ढोका भित्रबाट बन्द गरिएको थियो’ उपमहानगरपालिका स्रोतले भन्यो ‘ढोका खोल्न आग्रह गर्दा ढिला गरि खोलियो । भित्र एक युवती पनि थिइन् । उनी कार्यालयमा कार्यरत युवती होइन् ।’ उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढेको बताए ।

‘घटना यो या त्यो भन्न सकिदैन । कर्मचारीलाई स्पष्टिकरण सोधिएको छ,’ श्रेष्ठले भने, ‘के–कसो भएको हो जवाफ पाउँ भनी कर्मचारीसंग स्पष्टिकरण माग गरिएको छ । कारण यो या त्यो भन्ने उल्लेख छैन ।’

 

Loading...