कैलालीको लालपुरमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, सुदुरपश्चिम प्रदेसको दोस्रो अधिबेशन शुरु

अत्तरिया: कैलालीको लालपुरमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, सुदुरपश्चिम प्रदेस को दोस्रो अधिबेशन शुरु भएको छ । अधिबेशनको आज एक कार्यक्रमका बिच सुदुरपश्चिमका प्रदेश प्रमुख देबराज जोशीले उदघाटन गरे ।

यस्तै कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजी,उपमहासचिब शिव हमाल चर्चित कलाकारहरु पूर्णकला बिसी, लालबहादुर धामी,सुर्य बिरही साउँद, दिर्घ फुलारा लगाएतको सहभागिता रहेको छ ।

अधिबेशनले आगामी ३ बर्ष को लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । यसै बिच प्रतिष्ठानको आफ्नै भबन को पनि आज नै उदघाटन गरिएको छ । गोदावरी -७ लालपुरमा नै संस्था को ३ कठ्ठा जमिन सहित को भबन निर्माण भएको हो ।

स्थानिय सामुदायिक बनले उक्त संस्थालाई जग्गा उपलब्ध गराएको हो । संस्था का ५२२ जना सुदुरपश्चिम मा सदस्य रहेका छन् भने ९ जिल्लामा नै जिल्ला शाखा रहेका छन् ।

 

संस्था का आजिबन सदस्य ३२ जना रहेका छन् । लोकदोहोरी क्षेत्रमा कृयाशिल कलाकारहरुको छाता संस्था को रूपमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान परिचित रहंदै आएको छ ।

Loading...