मनकारी कृष्णपुरका वडा अध्यक्ष: आफ्नो ब्यक्तीगत लगानीमा विपन्न र असहायलाई न्यानो सामाग्री वितरण

अत्तरिया: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष अर्जुन साउँदले विपन्न र असहायहरुलाई विभिन्न सामग्रीहरु बितरण गरेका छन । उनले वडामा रहेका असहाय, विपन्न तथा ज्येष्ठ नागरिकहरुलाई विभिन्न किसिमका न्यायो कपडा तथा अन्य सामग्रीहरु वितरण गरेका हुन ।
May be an image of 5 people, people standing and outdoors
शितलहर बढेसँगै वडाका विभिन्न व्यक्तिहरुलाई आवश्यकताअनुसार कम्बल, गद्दा, ब्लांकेट, खटिया, थर्मस लगायतका सामग्रीहरु वितरण गरिरहेको वडाध्यक्ष साउँदले बताए । उनले वडाका नियमित कार्यक्रमहरुका साथै वडाको प्रतिनिधि भएको नाताले आफुले व्यक्तिगत रुपमा वडाबासीहरुलाई उक्त सामग्रीहरु वितरण गरिरहेको बताए ।

May be an image of 8 people, people sitting, people standing, tree and outdoors

उनले चिसोमा सबैभन्दा बढी प्रभावित भएका अति विपन्न परिवार, चिसोमा कठ्यांग्रिरहेका ज्येष्ठ नागरिक तथा असहायहरुलाई न्यायो पार्ने खालका केही सामग्रीहरु प्रदान गरेको बताए । उनले उक्त कार्य आफुले सकेजती निरन्तर रुपमा गर्दै जाने बताए । उनका अनुसार वडा कार्यालय ले पनि आफ्नो तर्फबाट गर्नुपर्ने कार्य गरिरहेको बताए ।

Loading...