१४ बर्ष पछि त्रिभुवन विश्वबिद्यालयको स्ववियु निर्वाचनको तयारी
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफूमातहतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रस्ताव गरेको छ ।


विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले उक्त मितिमा निर्वाचन गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित मिति उपकुलपतिको अध्यक्षतामा बस्ने कार्यकारी परिषद्ले पारित गरेपछि मात्रै कार्यान्वयनमा जाने छ ।




स्ववियु निर्वाचन हरेक दुई वर्षको अन्तरालमा फागुन १४ गते गर्नुपर्ने व्यवस्था छ । पछिल्लो पटक २०७३ सालमा स्ववियु निर्वाचन भएको थियो तर विद्यार्थी संगठनबीचको विवादका कारण त्यतिबेला पनि उपत्यकाका १३ वटा र बाहिरका २३ वटा आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।


त्यतिबेला विद्यार्थी संगठनबीचको विवाद तथा कोभिड–१९ को संक्रमणलगायतका बहाना बनाउँदै त्रिविले चुनाव गर्न सकेको थिएन । यसपटक भने जसरी पनि निर्वाचन गर्नुपर्ने पक्षमा त्रिवि तथा विद्यार्थी संगठन छन् ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।



