चिन सँग जोडिएको केरुङ नाका बारे चर्चा धेरै, निर्यात न्यून

काठमाडौं: तीन वर्षपछि पुस १० गते आइतबारदेखि केरुङ नाकाबाट निर्यात खुला भयो । नेपाल सरकारले लामो समयदेखि आग्रह गर्दै आए पनि कोरोना महामारीको कारण देखाउँदै चीन सरकारले उत्तरतर्फका सबै नाका बन्द गरेको थियो ।

यसबीचमा आक्कलझुक्कल चीनबाट हुने आयात खुला भए पनि निर्यात भने तीन वर्ष पूर्ण रूपमै बन्द रह्यो ।

यो बीचमा चीन सरकारले कोरोना महामारीमा सहज नीति अवलम्बन गरेपछि केरुङ नाकाबाट निर्यात खुला गरेको हो । यही समय नेपालमा बनेको नयाँ सरकारसँग जोडेर नाका खुलाको चर्चा भयो ।

नयाँ सरकार गठन भएसँगै चीन सरकारले उत्तरी नाका खुुला गरेको चर्चा व्यापक भए पनि नेपालबाट निर्यात भने सुुस्त गतिमा छ । लामो समयदेखि बन्द रहेको रसुुवाको केरुङ नाका पुस १० गतेदेखि खुला भए पनि निर्यात भने न्यून रहँदै आएको छ । झन्डै दुई साताको यो अवधिमा दैनिक एक कन्टेनर मात्रै निर्यात भइरहेको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Loading...