दार्चुलाकोधौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दार्चुला: दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर ५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

 

दुर्घटना हुँदा चालक लोकेन्द्र सिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

 

 

शुक्रबार राति ११ः३० बजे म १ त १११८ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्याक्टर सडकदेखि १०० मिटर तल खसेकोे प्रहरीले बताएको छ।

Loading...