प्रधानमन्त्री कप सुदूरपश्चिम प्रदेश स्तरीय महिला टि ट्वान्टी छनोट प्रतियोगीताको उपाधी कैलालीलाई


धनगढी: प्रधानमन्त्री कप सुदूरपश्चिम प्रदेश स्तरीय महिला टि ट्वान्टी छनोट प्रतियोगीताको उपाधी कैलालीले जितेको छ । धनगढीको फाप्ला कृकेट मैदानमा सनिवार सम्पन्न फाइनल खेलमा घरेलुु टोली कैलालीले पाहुना टोली कंचनपुरलाई ५७ रनले पराजित गर्दै उपाधी घरमै राखेको हो ।


टस जितेर पहिला पहिला ब्याटिङ गरेको कैलालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२७ रन जोडेको थियो । कैलालीका लागि रुबि पौदारले ५४ रनको उत्कृष्ट अविजित पारी खेलिन भने कविता कुँवर १५ रन बनाइन । ५४ रनको अविजित पारी खेलेकी पौदार म्यान अफ दी म्याच चुनिइन ।
बलिङ तर्फ कन्चनपुरका लागि राधिका पुजारा , दीपा जोरा ,डलि भट्ट र कप्तान बिन्दु रावलले समान १/१ विकेट लिए भने २ खेलाडी रन आउट भए।
१२८ रनको जवाफी ब्याटिङ थालेको कंचनपुर १८.१ ओभरमा ७० रनमै समेटियो । उसका लागि कप्तान बिन्दु रावलले उत्कृष्ट सुरुवात दिलाए पनि अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन । कप्तान रावलले २३ रनको पारी खेल्दा आयुस्मा धानुकले ९ रन बनाइन ।
कन्चनपुरलाई सस्त्तैमा समेट्न कैलाली मुख्य बलर कबिता कुँवर र लक्ष्मी साउँद समा २/ २ तथा मनिसा चौधरी ,इश्वरी बिस्ट र कप्तान स्नेहा महरले १/१ विकेट लिए । प्रतियोगिता उत्कृष्ट ब्याटरको उपाधी,कैलालीकि रुबि पौदार,उत्कृष्ट बलर बझाङकी सम्झना खड्का,उदयमान खेलाडी कैलालीकि मनिशा चौधरी चुनिन भने प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी (म्यान अफ दी सिरिज ) बैतडीकि रितु कनौजिया चुनिइन ।
आगामी पोैष २७ गतेदेखि प्रदेश न १ को इटहरीमा आयोजना हुन गैरहेको प्रधानमन्त्री कप राष्ट्रिय महिला टि ट्वान्टी कृक्रेट प्रतियोगीताका लागि यिनै उत्कृष्ट खेलाडीहरु माझबाट अब सुदूरपश्चिम टिम छनोट हुनेछ ।
कैलाली जिल्ला कृक्रेट संघका अध्यक्ष विक्रम विस्टको अध्यक्षतामा सम्पन्न समापन सत्रमा प्रमुख अतिथि धनगढी उपमहानगरपालिका वडा न ४ का अध्यक्ष बुद्धि बहादुर खड्का रहेका थिए भने,विशिष्ट अतिथिहरुमा धनगढी उपमहानगरपालि वडा न १ र २ का वडाध्यक्ष क्रमशः सन्तोष मुडभरी र धर्मराज ओझा,प्रादेशिक कृक्रेट संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरी रेग्मी, प्रादेशिक कृक्रेट संघ सुदूरपश्चिम प्रदेशका सदस्य एवं धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य अनिल कुमार भुजनीया ,नेपाल कृकेट संघका पुर्व उपाध्यक्ष रतन कठायत ,कैलाली जिल्ला कृकेट संघका उपाध्यक्ष बाबुराजा श्रेष्ठ ,सचीव देव नारायण झा लगायत खेलसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।




