नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको चौथो साधारणसभा सम्पन्न

धनगढी: नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको चौथो साधारणसभा सम्पन्न सम्पन्न भएको छ । सनिवार एक कार्यक्रमका बिच धनगढीको इमेज होटेलमा साधारणसभा सम्पन्न भएको भो । व्यवसायीको हकहितका लागि सांगठनिक रुपमा काम गरिरहेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष संजय कुमार चौधरी कार्यक्रमको प्रमुख अतिथि रहेका थिए । उनले आफ्नो कार्यकालको बाँकी समय व्यवसायीको हकहितका लागि सक्दो पहल गर्ने बताएका हुन ।

हरेक पेशा व्यवसायको हकहितका लागि संगठन बनेका छन् नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पनि त्यसै अनुरुपको संस्था भएकाले सम्पुर्ण व्यवसायी साथीहरूको हकहित गर्ने जिम्मेवारी आफुमा आएको उनले बताए । त्यस्तै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मेखराज दहालले आफुले प्रदेश अध्यक्षको जिम्मेवारी पाए यतादेखि निरन्तर व्यवसायी साथीहरूको पक्षमा आवाज उठाइरहेको बताए । उनले जनक शिक्षा सामाग्री केन्द्रबाट प्राप्त हुने सरकारी विद्यालयका पाठ्यपुस्तक नौव्टै जिल्लामा सहज उपलब्ध गराउनदेखि व्यवसायीक साथीहरूमा एकता प्रयास गरिरहेको बताए ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मेखराज दहालको अध्यक्षतामा सम्पन्न साधारणसभामा मुद्रण व्यवसायी संघ सुदूरपश्चिम अध्यक्ष,जनक शिक्षा सामाग्री केन्द्र सुदूरपश्चिमका प्रदेशका कार्यालय प्रमुख,नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ केन्द्रीय सदस्यहरु लगायत कैलाली कंचनपुरका अग्रज व्यवसायीहरुको उपस्थिति रहेको थियो ।


नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिमका वरिष्ठ उपाध्यक्ष श्याम पाठकले उपस्थित सबैलाई स्वागत गरेका थिए भने कार्यक्रमको संचालन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिमका सह सचिब निलम जोशीले गरेका थिए ।

Loading...