बझाङको जयपृथ्बी नगरपालिकाका नगर प्रमुख बजालले बोलेको कुरा सिसिटिभि जडान कार्य गरे पुरा


बझाङ: जयपृथ्बी नगरपालिका नगर प्रमुख चेतराज बजालले आफु निर्बाचित भैसकेपछि बजारमा सिसि टिभी जडान गर्ने बताउनु भएको थियो । सोहि अनुसार सदरमुकाम चैनपुरका बिभिन्न ठाउमा सिसिटिभि जडान गर्न सुरु गरीएको छ । दैनिक चोरीका घटनाहरु बढे पछि त्यसको निगरानी गर्न सिसि टिभी क्यामरा जडान गरिएको बताईएको छ । बजारका मुख्य मुख्य ठाउँहरुमा सिसि क्यामेरा जडान गरिएको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले बताउनुभयो ।


सदरमुकाम चैनपुरका बिभिन्न ठाउमा करिब पाँच लाखको लगानीमा १६ वटा क्यामेरा जडान गर्न लागीएको जनाइएको छ । यसले बजार क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहयोग पुग्ने नगरप्रमुख चेतराज बजालले बताउनुभयो ।



बजारमा जोडिएका क्यामेराको कन्ट्रोल भने जिल्ला प्रहरी कार्यालय बझाङमा राखीएको छ । सिसिटिभि जडान भएपछि अब चोरी र झै झगडा गर्नेहरुको रेकर्ड सिसि क्यामेराबाट हेर्न सकिने भएकाले यस्ता घटना कम हुने जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी तथा इन्सपेक्टर रमेशदत्त अवस्थीले बताउनुभयो ।


सदरमुकाम चैनपुर बजारमा सिसि क्यामेरा जडान भएपछि त्यसले सुरक्षित वातावरण बनाउने स्थानीयहरुले बताएका छन् । डङ्ग्री पुल, पानकोट पुल, खुल्ला मञ्च, लोकतान्त्रीक चोक, देविथान मन्दिर, सुर्मा टोल, लगायतका स्थानमा क्यामरा जडान गरिएको छ । सीसी क्यामेराको जडानसँगै सुरक्षित नगरको कार्य थालनी भएको जानकारहरुले बताएका छन् । आफनो पहिलो सिसिटीभि क्यामरा जडान गर्ने काम पुरा भएको र अझै आफुले गर्नुपर्ने यस्ता धेरै काम रहेको नगरप्रमुख बजालले बताउनुभयो ।

