ज्योतिषिका अनुसार यो साता तपाईका लागि कस्तो छ ? शुभ-अशुभ, मायाप्रेम, ग्रहगोचर ? पढ्नुहोस २०७९ साल पौष २३ देखि पौष २९ गते सम्मको साप्ताहिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )


यो हप्ता शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । प्राविधिक, बिमा क्षेत्र र कृषिकार्यको व्यवसाय फस्टाएर जानेछ । सफल यात्रा पनि हुनेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ र बढी धन खर्च होला । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।




वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )


यो साता राजनैतिक र सामाजिक क्षेत्रबाट जनताको गतिलो समर्थन पाइनेछ । विमा क्षेत्र, कृषिकार्य, सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग पर्पल वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो सातामा लामो समयदेखि रोकिएका अधुरा कार्यहरूको सुरुवात हुनेछन् । अध्ययन वा कामको सिलसिलामा विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ । कृषि र घरायसी कामहरू अघि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो सातामा राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्छ । पूर्व योजित यात्राका योजना विफल हुनसक्छ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । साताको उत्तरार्धबाट सूचना र प्रविधिको प्रयोग गरि नयाँ काम गर्न सकिनेछ । बैङ्किङ क्षेत्रमा र साझेदारीको कार्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो हप्ता भ्रमणको योजनाहरू बन्नेछन् । परिवारमा सुख सन्तोष छाउनेछ । समाजमा कीर्तिमानी काम गर्ने समय छ । कलकारखाना र बन्दव्यापारमा पनि पुन: सुचारु हुने र आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ, तर शेयर बजारको लगानी अर्थहीन हुनसक्छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग पहेँलो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । राजनैतिक तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले मानसम्मान र इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । साताको उत्तरार्धबाट नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता वैदेशिक वा कूटनीतिक नियोगको काम अघि बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । कृषि कार्यका कमहरू सहजै सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग पनि छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ साथै अकस्मात् धन सम्पत्ति हात पर्नेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता सूचना, प्रविधि र वैदेशिक क्षेत्रको व्यवसाय फस्टाएर जानेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । पारिवारिक साथ र सहयोग मिल्नेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी पनि आउनेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता नयाँ र शुभ कार्यको योजना बन्नेछ । आफन्त तथा दिदी बहिनीहरूले पनि सहयोग गर्नेछन् । जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आगामी दिनलाई अझ सकारात्मक बनाउ सकिनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । शेयर बजारको लगानी पनि अर्थहीन हुनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता विद्या र बुद्धिको ह्रास हुनसक्छ । सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नु पर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्नेहरूले दुःख दिन सक्छन् । मंगलबारबाट नयाँ जिम्मेवारी पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । स्वादिष्ट परिकारले समेत प्रतीक्षा गर्नेछ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य गर्दा राम्रो हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीका लागि ) हाम्रो पात्रो बाट


