बालमैत्री स्थानिय शासनको प्रर्वद्दनका लागि केदारस्युँ गाउँपालिकामा छलफल तथा अन्तरक्रिया

बझाङ: बालमैत्री स्थानिय शासनको प्रर्वद्दनका लागि केदारस्यँु गाउँपालिकामा एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । केदारस्यु गाउपालिकाकाको आयोजना प्रगतिशील युवा समाज र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा उक्त कार्यक्रम गरीएको हो । केदारस्यु गाउपािलका अध्यक्ष तथा बालमैत्री स्थानिय शासनका अध्यक्ष गणेश बोहराको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरीएको थियो ।

 

प्रगतिशील युवा समाजको बाल संरक्षण कार्यक्रममा कार्यरत शान्ती भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा सामाजिक परिचालक गीता चन्द मल्ल कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो ।


कायृक्रममा “बालमैत्री स्थानिय शासनको प्रर्वद्दनका लागि केदारस्युँ गाउँपालिका अनवरत रुपमा लागि परेको केदारस्यु गाउपालिका अध्यक्ष गणेश बोहराले बताउनु भएको छ । साथै उहाल यसै चालु आर्थिक बर्ष भित्र गाउँपालिकाको वडा नं ३ लाई बालमैत्री स्थानिय भएको वडा घोषण गर्ने कार्यक्रम रहेकाल उक्त कार्यका लागि गाउँपालिकाले विभिन्न संघ संस्थासंग मिलेर काम गरिरहेकोे बताए ।

यस्तै कार्यक्रममा बोल्दै उपाध्यक्ष मनिसा धामीले कार्य योजना अनुसार बालमैत्री स्थानिय शासनका कार्यक्रमहरु अगाडी बढीरहेको बताउनुभयो । साथै गाउँपालिको कार्य योजना अनुसार बालमैत्री स्थानियशासन संग सम्बन्धित कार्यहरु भैरहेको जानकारी दिनु भयो । गाउँपालिकामा ब्याप्त कुरितीहरुको अन्त्यका लागि आफु सधै अग्रसर भएर काम गरिरहेको उहाँले बताउनु भयो ।

कार्यक्रमको सहजिकरण गदै फिल्ड कार्यक्रम अधिकृत विनोद थापाले गाउँपालिकाले बालमैत्री स्थानिय शासनमा उदाहरणीय कार्य गरिहेको समेत बताउनुभयो ।

उक्त कार्यक्रममा पालिका स्तरका बालमैत्री स्थानिय शासन समितिका पदाधिकारी तथा सदस्यहरुको उपश्थिती रहेको थियो । बालमैत्री स्थानिय शासन कार्यन्वयन निर्देशिका २०७८ अनुसार वि.स.२०८७ भित्र सम्पुणर् स्थानियतहलाई बालमैत्री स्थानिय शासनयुक्त सरकार घोषणा गर्ने लक्ष्य अनुसार यस गाउँपालिकामा बालमैत्री स्थानियशासनलाई प्रर्वद्दन गर्ने कार्यक्रमहरु संञ्चालन भैरहेका छन् ।

Loading...