दिपायलको पिपल्ला बजार नजिकै सेती नदीमा डुबेर एक जनाको मृत्यु

डोटी: सेती नदीमा डुबेर डोटीका एक जनाको मृत्यु भएको छ। शनिबार दिपायल पिपल्ला पक्की पुल नजिकै नुहाउने क्रममा डुब्दा एक जना युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी, प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्लाका जोगी बिकका ३२ वर्षीय छोरा तेज बिकको ज्यान गएको हो।

शनिबार दिउँसो साढे ३ बजेतिर बिक नदीमा बगेर बेपत्ता भएको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक रुप सिंह थापाको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई बगेको स्थान देखि दुई सय मिटर तल बेहोस अवस्थामा फेला पारेको थियो।

बेहोस अवस्थामा भेटिएका बिकलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएको र चिकित्सकले ४ बजेतिर मृत घोषणा गरेका थिए ।

Loading...