कैलालीको गोदावरी नगरपालिकाले तीन हप्तामै आफ्नै कर्मचारी खटाएर ६४ लाख ९८ हजार बढी राजस्व संकलन

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले २० दिनमा झण्डै ६५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । आईतबार भएको पत्रकार सम्मेलनमा नगरपालिकाले तीनवटा खोला खुटिया, गोदावरी र खैरालाबाट ६४ लाख ९८ हजार ४७० राजस्व संकलन गरेको जानकारी दिएको हो ।

ठेक्कामा दिँदा पनि ठेक्का नलागेपछी नदीजन्य पदार्थबाट उक्त रकम संकलन भएको नदीजन्य पदार्थबाट राजस्व संकलन समितिका संयोजक गणेश पनेरुले जानकारी दिए । पुष ५ गतेबाट नगरपालिका आँफैले कर्मचारीहरु मार्फत राजस्व संकलन गरीरहेको छ । पनेरुले नगरपालिकाले बढी भन्दा बढी राजस्व संकलन गर्ने उदेश्यसका साथ अगाडि बढेको बताए । जस अनुसार सबै भन्दा बढी खुटियाबाट ४० लाख १९२ रुपया राजस्व संकलन भएको छ । यस्तै गोदावरीबाट २१ लाख ३३६ र खैराना खोलाबाट ३६ लाख २९५ राजस्व संकलन भएको हो । नदीजन्य पदार्थबाट उठने राजस्व नगरपालिकाको बलियो आन्तरिक आय स्रोतको रुपमा लिने गरिएको छ ।

ठुलो परिमाणमा नदीजन्य पदार्थ उठाउने क्रसर उद्योगहरुबाट भने नगरपालिकाले हप्ता १५ दिनमा हिसाब मिलान गर्ने कुरा बाहिर आएपछि त्यसको बिरोध समेत भएको छ । तर अहिले नगरपालिकाले क्रसरबाट लिनुपर्ने राजस्व सबै अशुल गरिसकेको दावी गरिएको छ । असोज तीन गतेको निर्णय अनुसार प्रदेशले तोकेको रोयल्टी उठाएको नगरले जनाएको छ । प्रदेशले प्रतिघनमिटर एक सय २० मिटर रोयल्टी तोकेको छ । ‘असोज ५ गते देखि खोलामा कर्मचारी खटाएको हो ।’ पनेरुले पत्रकार सम्मेलनमा भने । ‘गोदावरी, खैरानामा सुरु भए पनि खुटियामा विवाद आयो । खुटियामा क्रसर संगको विवादमा आयको हो ।’ पछि प्रत्येक हप्तामा नगरपालिकालाई राजस्व बुझाउन सहमतीका साथ अगाडि बढेको उनले जानकारी दिए ।

 

Loading...