नेपालमा धमाधम ठूला बैंकहरु आपसमा मर्ज हुदै, अब देशमा १८ ओटा मात्र वाणिज्य बैंकहरू


मुलुकमा धमाधम ठूला बैंकबीच आपसमा मर्ज हुने एवं एकआपसमा गाभिनेक्रम बढेसँगै वाणिज्य बैंकहरूको सङ्ख्या २८ बाट घटेर अब जम्मा १८ वटामा झरेको छ ।


यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्जर सुविधा एवं पहलपछि हाल धमाधम ठूला बैंकहरूबीच यस्तो मर्जर एवं आपसमा गाभिने क्रमले तीव्रता पाएको हो । यही लहरसँगै अब वाणिज्य बैंकहरूको सङ्ख्या घटेर १८ वटामा झर्ने देखिएको हो । मर्ज हुनेक्रममा सोमबार मात्रै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डु (बीओके) गाभिएर एकीकृत कारोबार सुरु गर्दै छन् । यस्तै क्रम अन्य बैंकले यो साताभर जारी राख्ने भएका छन् ।



यसरी मर्ज भई एकीकृत कारोबार सञ्चालन गर्न केही बैंकले आफ्ना निक्षेपकर्तालाई आन्तरिक सफ्टवेयरको काम मिलाउन भन्दै केही दिन बैंकिङ कारोबार सेवा नै बन्द हुने बताइरहेका छन् । जसका कारण निक्षेपकर्ताले अझै एक दुई दिन आफ्नो खातामा भएको पैसासमेत झिक्न पाउनेछैनन् । आजको राजधानी दैनिकमा समाचार छ ।




