बैदेशिक रोजगारका लागि बिदेश जान बनाईने कागजात अब सातै प्रदेशबाट बन्ने
काठमाडौं: करिब दुई दशकदेखि राजधानी काठमाडौं केन्द्रित वैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण सेवा आइतबारदेखि देशका सातै प्रदेशबाट दिन सुरू भएको छ ।


वैदेशिक रोजगारीमा जाने श्रमिकले लिने नयाँ वैधानिकीकरण व्यक्तिगत र संस्थागत श्रमस्वीकृति अहिलेसम्म काठमाडौंस्थित कार्यालयहरुले मात्र दिँदै आएका थिए । यस्तै, मेनपावरलाई दिने सेवा पनि काठमाडौं केन्द्रित थियो । आइतबारदेखि यी सबै सेवा काठमाडौंसँगै बाँकी ६ प्रदेशबाट दिन सुरू गरिएको हो ।




वैदेशिक रोजगार विभागका महानिर्देशक उमकान्त आचार्यले सबै किसिमका श्रमस्वीकृति, मेनपावर तथा अभिमुखीकरण संस्थाका सबै काम काठमाडौंसहित सात वटै प्रदेशबाट सुरू भएको जानकारी दिए ।


यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।


