सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमाले र माओवादी आलोपालोको सरकार बनाउदै

धनगढी: सत्ता साझेदार दलहरुले प्रदेशका मुख्यमन्त्री र सभामुखको भागवण्डा टुंग्याएका छन् । आइतबार साझ बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री र सभामुखमा एमाले र माओवादी केन्द्रबीच आलापालो गर्ने सहमति भएको हो।

 

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री र सभामुखमा एमाले र माओवादी केन्द्रबीच आलापालो हुने भएको छ । पहिलो चरणमा एमालेले मुख्यमन्त्री लिँदा माओवादीले सभामुख पाउनेछ । सत्ता सझेदार दलहरुले नागरिक उन्मुक्ति पार्टीलाई भने उपसभामुख लिन प्रस्ताव गरेको छ ।

 

एमालेबाट मुख्यमन्त्री राजेन्द्र रावल र माओवादीबाट खगराज भट्ट मुख्यमन्त्री बन्नेछन् । यस्तै प्रदेश १, गण्डकी, लुम्बिनीमा एमाले र कर्णालीमा ५ बर्ष माओवादी नेतृत्वको सरकार बन्ने छ भने मधेश, बाग्मती मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ ।

 

Loading...