सिकलसेल एनिमिया तथा थालासेमिया रोग सम्बन्धि स्कृनिङ शिविर सम्पन्न

धनगढी ः  धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा सिकलसेल एनमिया तथा थालासेमिया राेग सम्बन्धि स्क्रिनिङ शिविर भएकाे छ । स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा सोमबार शहरी स्वास्थ्य केन्द्र घोरसुवामा राेग निदानका लागि शिविर गरिएको हो । सिकलसेल एनिमिया रोग विशेष गरी थारु समुदायका व्यक्तिहरुलाइ लाग्ने गरेको पाइन्छ । यो रोग कैलाली, कंचनपुर, बाके, बर्दिया, दाङ लगायतका पश्चिम जिल्लाहरुमा देखिने गरेका छन ।

सिकलसेल रोग रगतमा हुने राता रक्त कोषहरू गोलाकार नभई हसिया आकारका रहेको हुन्छ, जसले गर्दा सिकलसेल हुने गरेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताए । सिकल्सेल रोगमा श्वास प्रश्वासमा समस्या, रक्त अल्पता, जन्डिस, कलेजोको समस्या, हातखुट्टा दुख्ने, रगतको कमि हुने जस्ता लक्षण देखिन्छन । त्यसैले यस्ता चिन्ह लक्षण भएका व्यक्तिहरुलाइ सिकलसेल तथा थालासेमिया हुन सक्ने प्रमुख धामीले वताए । सिकलसेल तथा थालासेमिया रोग निदान अभियान अन्तरगत कैलाली जिल्लाका १३ वटै स्थानिय तहमा शिविर सम्पन्न भएकाे हाे ।

यो अभियान अन्तर्गत सिकलसेल तथा थालासेमिया रोग पहिचान गर्न शुरुमा स्वास्थ्यकर्मि मार्फत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ ओरेन्टेस्न गरी पम्प्लेट मार्फत आ-आफ्नो टोल छिमेकमा भएका सिकलसेल तथा थालासेमिया रोग भएका परिवारहरु, शंकास्पद सिकल्सेल चिन्ह लक्षण भएक व्यक्तिहरुको, जन्डिस देखिएका, रगत कम हुने, कलेजको समस्या भएका थारु समुदायको विशेष गरी प्रजजन उमेर समुहलाइ प्राथमिकतामा राखी रिपोर्ट दिईने गरेको प्रमुख धामीले वताए ।

Loading...