कांग्रेस सभापति देउवालाई भट्न प्रचण्ड पुगे देउवा निवास, कांग्रेसले देला त विश्वासको मत ?


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेससँग विश्वासको मत माग्न पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् ।


देउवाको नेतृत्व रहेको तत्कालीन सत्ता गठबन्धन टुटाएर प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि पहिलो पटक देउवा भेटन देउवा निवास पुगेका हुन् ।



तत्कालीन प्रधानमन्त्रीसमेत रहेका देउवालाई विश्वासको मत माग्न प्रचण्ड देउवा निवास धुम्बाराही पुगेको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।


प्रधानमन्त्री प्रचण्डले भोलीको संसदको बैठकमा बिस्वासको मते लिदै छन् । प्रचण्ड र देउवाको भेटघाटलाई अर्थपूर्ण मानिएको छ ।



