सन्दीप लामिछाने प्रकरण : अस्पतालले पठायो पीडित किशोरी १८ वर्ष नाघेको प्रमाण
काठमाडौ : नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरीको जन्म प्रमाण अस्पतालले पठाएको छ ।


आज जिल्ला अदालत काठमाडौंलाई नारायणी उपक्षेत्रीय अस्पतालले पठाएको जन्मदर्तामा किशोरीको उमेर २०६१ साल जेठ १८ गते देखिएको सन्दीप लामिछानेका एक वकिलले बताए ।




पीडित किशोरी नाबालिग वा बालिग भन्ने विषयमा विभिन्न तर्क आएपछि जिल्ला अदालतले अस्पतालबाट जन्म मिति ल्याउन आदेश दिएको थियो ।


सन्दीपलाई हिरासतमा राख्न म्याद थप भएपछि काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा अधिवक्ता सुधा रिमालले आफूहरूसँग ती किशोरी नाबालिग नभएको प्रमाण सुरक्षित रहेको दाबी गरेकी थिइन् ।


