बैतडीको शिगास शिक्षा क्याम्पसले १० औं बार्षिकोत्सव समारोह भव्यताका साथ मनायो


बैतडी:


बैतडीको सिगास गाउँपालिकामा रहेको एकमात्र शिक्षा क्याम्पस शिगास शिक्षा क्याम्पसले आफ्नो दशौँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।




तस्वीर: सूर्यबहादुर बोहरा
वडा नं. २ गाँजरीमा अवस्थित क्याम्पसको १० औं बार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमका साथ सोमबार सम्पन्न भएको क्याम्पसले जनाएको छ ।



शिगास शिक्षा क्याम्पस सञ्चालक समितिका अध्यक्ष जगदीश सिंह ढाँटको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा नवनिर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर बमको प्रमुख आथित्यता रहेको थियो ।

तस्वीर: सूर्यबहादुर बोहरा
१० औँ बार्षिकोत्सव समारोहमा क्याम्पस प्रमुख राजेन्द्र सिंह धामीले क्याम्पसको शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर बमले क्याम्पसको सर्वाङ्गीण विकासमा आफ्नो महत्वपूर्ण सहयोग रहने बताउनुभयो। उहाँले क्याम्पसलाइ आंगिक क्याम्पसमा रुपमा अगाडि बढाउने र नमूना क्याम्पसको रुपमा स्थापित गर्न आफ्नो भूमिका रहने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले सिगास गाउँपालिका आफ्नो जन्मथलो भएको बताउँदै समग्र गाउँपालिकाको विकासको लागि आफू अहोरात्र खटिरहने पनि बताउनुभयो। सिगासमा विशेष गरी सबै वडालाइ मध्यनजर गर्दै छोटो दुरीको सडक आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “सिगास गाउँपालिका केन्द्र जोड्ने सबैभन्दा छोटो दुरीको सडकखण्ड कुन हो? जनताहरू निर्णय गर्नुस् अगाडि बढाउने जिम्मा सुदूरपश्चिम प्रदेश सरकारको हुनेछ”।
बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न बार्षिकोत्सव समारोहको अवसरमा क्याम्पसको समग्र विकासमा योगदान पुर्याएका व्यक्तित्वलाइ सम्मान गरिएको समाजसेवी युवा सूर्यबहादुर बोहराले जानकारी दिनुभएको छ ।

