साहित्यिक स्रष्टा मिरा शाहानी “मिरु” का उत्कृष्ट ५ मुक्तकहरु

कला/साहित्य:


मुक्तक- १
मैले याे मेराे तन मन दिन ,असफल भयौं ।।
एकपटक भएनि सम्झिन ,असफल भयौं।।
तिम्रो व्यवहार बाबा आमालाई मन परेन रे।
डाेलिमा सजाई मलाई लिन,असफल भयौं।।


मुक्तक- २
लाउन तयार छु ज्यान दाउमा ,यत्ति चाहान्छु।।
डुब्नु छैन आशुकाे तलाउमा ,यत्ति चाहान्छु।।
तिम्रो त्याे निस्वार्थ मन ले अरू साेच्दै नसाेचि।
लगाउ सिन्दुर छुन देउ पाउमा, यत्ति चाहान्छु।।


मुक्तक- ३
नजरमा नजर मिलाई उभिन ,सक्दैनौं।।
म बाट केही चिज पनि लिन ,सक्दैनौं।।
प्रयार निरन्तर राख बाजि लिएर आउ।
तर मलाई कुनै चाेट सम्म दिन, सक्दैनौ।।


मुक्तक- ४
छ मेराे याे मनमा यत्ति डर,चिन्ता लाग्दैछ।।
अपुरै हुने हुन् कि मेरा रहर,चिन्ता लाग्दैछ।।
कयौं पाईला साथमा यात्रा गरेकै मान्छेले।
टुटाउने पाे हाेकि मेराे भर, चिन्ता लाग्दैछ।।


मुक्तक- ५
यस्तै रहेछ तक्दिर ,दाउमा लाउनु पर्छ।।
आफ्नो उच्च शिर, दाउमा लाउनु पर्छ।।
याे समाजमा समाज जस्तै बन्न लाई।
नारीले पनि शरीर, दाउमा लाउनु पर्छ।।


मिरा शाहानी “मिरु”
डोटी

Loading...