सुरेश कुमारका केही उत्कृष्ठमा गजलहरु

हाम्रो देशभित्र बिदेशीको चलखेल भयो,
उस्तै नेता र मेनपावरहरू को भेल भयो।
नेता र मैनपावर झरी च्याउ जस्तै देशमा,
इन्को बिचार र व्यवहार धेरै वे-मेल भयो।
अब फेरी जनताले तेस्रो जनान्दोलन् गरौँ,
अहिलेसम्मका सबै कोसिस् नै फेल भयो।
भ्रष्टचारीहरू चिल्ला कारमा गुड्छन याहाँ,
निर्दोश जनतालाई देश बिदेशी जेल भयो।
हाम्रो पसिना र रगत बिदेशीले मात्रै चुसेन,
आफ्नै देशभित्र पनि सधै जालझेल भयो।
साम्राज्यवादी शक्ति सन्तान बनेर घुस्दै छ,
देशमा नेताको उखान जहाज र रेल भयो।
॥१॥

 

एउटा कुरा सुनाउंछु साहित्यकार सुनौं,
म पनि तिमिजस्तै लेखक बिचार सुनौं।
हाम्रो हातका कलम शक्तिशाली हुन्छन,
आफ्नो देश र जनताको कार्यभार सुनौं।
प्रगतिसिल रचना लेखौं र बदलौं समाज,
त्यसैको लागी माग्दैछु मपनि गुहार सुनौं।
संसारमै तरवार भन्दापनि कलम बलियो,
बन्नुपर्छ महांन क्रान्तिकारी औतार सुनौं।
गजल,गीत,लेख,कविता र मुक्तक आदी,
बनाउ भ्रष्टचारकै बिरूद्ध हतियार सुनौं।
छाडौं बिभेद असमान,सामाजिक कुरिती,
आऊ मिलेर गरौं परिवर्तनमा करार सुनौं।
॥२॥

 

चित्त नबुझेका थुप्रै मुख भरी कुरा भएपनि
समय थिएन काम कार्वाही अधुरा भएपनि।
पिटियो ताली छातीमा ढुङ्गा राखेर आफुले,
बिचारमै उनिहरू सबै भुरी र भुरा भएपनि।
समय कत्ति अमूल्य हुन्छ उसैलाई छ थाहा,
समस्या सबैका छन् समाजमै लुरा भएपनि।
टाडा टाडा बाट भाडा र समय खर्चिने सबै,
छाडेर हिंडियो कामकार्वाही अपुरा भएपनि।
न डिग्रीछ न सिफारिस् गरिब सर्वहारा हामी,
मन्टो हल्लाउँनैपर्ने बिषालु यो छुरा भएपनि।
॥३॥

 

कुनैपनि बुंदा माथी व्यापक छलफल हुँनैपर्छ,
देश र जनताको हितमा बिचार अटल हुँनैपर्छ।
ला-प्रवाही कत्तीपनि नगर्नु देशको मामिलामा,
देश भित्र सधै देशभक्त राजनीति दल हुँनैपर्छ।
तत्काल त छैन क्रन्तिको अबस्था देश जोगाउँ,
हामीसँग जे छ त्यसैमा एकताको ढल हुँनैपर्छ।
फुट्नेहरू फुटेर जान्छन् त्यही उन्को स्वार्थहो,
साथी नजुटे विजयछैन भन्ने अक्कल हुँनैपर्छ।
हाम्रो देशभित्र यस्तै भिड्मवना हुँदै आयो सधै,
क्रन्तीको दुश्मनलाई चिन्नसक्ने असल हुँनैपर्छ।
साथिहरू सँग धेरै उमिद थियो जो छाडेर गए,
क्रान्तिकारी आन्दोलनभित्र वर्गिय बल हुँनैपर्छ।
॥४॥

 

सर्वहारको पाठ पढाउँने आज साहुकार भयो,
व्यवस्था उस्तै छ तर निती उसैलाई भार भयो।
देशलाई अचानो बनायो गर्यो सहिदको खेती,
बन्द हड्तालले सधैभरी जनता दिक्दार भयो।
क्रन्तिकारीहरूले सबैथोक छाडेर शंघर्ष गर्छन्,
अवसरबादलाई सरकारमा जाने आधार भयो।
मलाई भोट खसाल्न किन पठाउँनुभयो आमाँ,
हामिले जस्लाई चुन्यो संसदमै पुगेर जार भयो।
दुःख लाग्छ मालेमाको झण्डा मुनी बसेकाहरू,
कम्युनिष्टकै जरा काट्ने धारिलो हथियार भयो।
आज जो रक्षात्मक अबस्थामा छ संसारभरी नै,
हिंजो त्यही हथियारले वर्गशंघर्ष आरपार भयो।
सुरेशकुमार पान्डे ।

 

 

 

Loading...