कैलालीको अत्तरिया भोलीदेखी लाग्ने सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी पुरा

अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क

अत्तरिया: कैलालीको अत्तरिया भोलीदेखी लाग्ने सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी पुरा भएको छ । आयोजक उधोग वाँणीज्य संघ अत्तरियाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । महोत्सवको भोली (बुधबार) दिँउसो १ बजे प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने भएका छन् । साँतौ सँस्करणको महोत्सवको तयारी गरीरहेको आयोजक उधोग वाँणीज्य संघले यस पटक महोत्सवमा १५० ओटा स्टल रहने बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अत्तरिया उधोग वाँणीज्य संघका सँस्थापक अध्यक्ष बसन्त रोकायाले महोत्सव सम्पन्न गर्न सहयोग गर्न सम्पुर्णलाई आग्रह गरे । अत्तरिया उधोग वाँणीज्य संघका अध्यक्ष एवम् महोत्सवका संयोजक अशोकराज देवकोटाले महोत्सवको मुख्य आकर्षणका रुपमा राष्ट्रिय एवम चर्चित कलाकारहरुको प्रस्तुती,लामीतालमा डुंगाको व्यवस्था,बाल उधान,खानाका विभीन्न परिकारहरु,विभीन्न प्रकारका झाँकीका साथै नृत्यहरु रहेको बताए ।

महोत्सवलाई करिब ८० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । माघ ९ गतेसम्म संचालन हुने महोत्सवमा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैया टिकट कायम गरिएको छ । महोत्सवमा शारिरिक अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क गरिएको छ ।

Loading...