प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत पाए
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई २६८ सांसदले विश्वासको मत दिएका हुन् ।


संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सत्ता गठबन्धन र सरकारमा सहभागी नभए पनि दाहाललाई विश्वासको मत दिएको छ । विश्वासको मत दिन हृवीप नै जारी गरेका थिए ।




प्रतिनिधिसभामा २७५ सदस्य छन् । त्यसमध्ये एक सांसद निलम्बित छन् भने राप्रपा सांसद पशुपति शमशेर जबरा बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी भएनन् । मंगलबार भएको मतदानमा २७० सांसद सहभागी भए । दाहालले २६८ मत पाएका छन् भने विपक्षमा २ मत खसेको छ ।




