कैलालीको अत्तरियामा सातदिने बाख्रापालन तालिम सम्पन्न

३७ जना द्धन्द्धपीडित, एकल महिला, दलित तथा जनजातिले पाए २० हजारका दरले बाख्रा किन्न पैसा

अत्तरिया: कैलालीको अत्तरियामा सातदिने बाख्रापालन तालिम सम्पन्न भएको छ । सुदूरपशिचमको सामाजिक विकास मन्त्रालय,शिक्षा विकास निर्देशनालय र सामाजिक विकास कार्यालयको आयोजनामा तालिमको आयोजना गरीएको थियो । गोदावरी नगरपालीका र चुरे गाँउपालीकाका ३७ जना महिला सहभागी रहेको उत्त तालिमको मंगलबार एक औपचारीक कार्यक्रमका बिच समापन गरीएको हो ।

समापन कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशकी पुर्व भौतिक पुर्वाधार राज्य मन्त्री चुनकुमारी चौधरी रहेकी थिईन् । कार्यक्रममा बोल्दै चौधरीले बाख्रा पालन तालिमले महिलाको आर्थीक क्षमता वृद्धी विश्वास व्यत्त गरीन् । उनले प्रदेश सरकारका महिला सांसदहरुको योजनामा तयार पारिएको कार्यक्रम अन्तरगत बाख्रापालन तालिम दिईएको बताइन् । उत्त कार्यक्रम प्रदेश भर नै चलीरहेको भन्दै उनले तालिमले महिलाई आर्थीक शसत्तिकरणमा जोड्ने उदेश्य सहित सञ्चालन गरीएको बताईन् । उनले आफु पदमा नरहेपनी जनताको सेवामा निरन्तर रहने बताईन् ।

तालिममा सहभागी महिलाहरुलाई तालिमको सहि सदुपयोग गर्न उनले आग्रह गरीन् । सामाजिक विकास कार्यालयका प्रमुख कुलराज सोतीले तालिममा द्धन्द्धपीडित, एकल महिला, दलित तथा जनजातिबाट महिलाहरुलाई छनोट गरीएको बताए । सहभागिलाई बाख्रा खरिदका लागि अनुदान स्वरुप २० हजार प्रतिव्यक्ति सहयोग गर्ने बताए । उक्त रकमबाट बाख्रा खरिद गर्नैपर्छ सोतीले भने “ बाख्राको बिमा हामीले नै गरिदिन्छौ,बेलाबेलामा अनुगमन पनी गर्ने गरेका छौँ,हालसम्म तालिम लिएका करिब १ हजार ३०० जनाबाट कतिपयले उदाहरणीय काम पनी गरीरहनु भएको छ ।”

उनले तालिमका सहभागी महिलाहरुलाई सिकेको सिपको उपयोग गर्दै आय आर्जन संग जोडीन आग्रह गरे । तालिमकी सहभागी गोदावरी नगरपालीका वडा नम्बर ८ की शारदा औजीले तालिम आफ्ना लागी भएको बताईन् । खुटीया नदिमा बगेर श्रीमान बेपत्ता भएपछी पारिवारीक जिम्मेवारीले आफुलाई थिचेको बताँउदै उनले तालिमबाट पाईने २० हजार रुपैँया बाट बाख्रा पालन गर्ने बताईन् । ५ वर्षदेखी प्रदेशभर नै लागु रहेको उत्त सुरुवाती चरणमा द्धारीकादेवी ठकुरानीको नामबाट सञ्चालीत थियो ।

 

Loading...