बझाङको केदारस्यु गाउपालिकाद्धारा वडा नम्बर ६ मा अपाङगता र असहायहरुलाइ व्ल्याङकेट सहित स्टेचर बितरण
बझाङः केदारस्यु गाउपालिका वडा नम्बर ६ मा अपाङगता र असहाय हरुलाइ व्ल्याङकेट सहित टोलमा स्टेचर बितरण गरीएको छ । आज एक कार्यक्रमको आयोजना गदै केदारस्यु गाउपालिका द्धारा वडा नमबर ६ को वडा कार्यालयमा वडा भरीका अपाङग र असहाय ३० जना लाइ चिसो बाट बच्न लागि व्ल्याङकेट बितरण गरीएको केदारस्यु गाउपालिका उपाध्यक्ष मनिसा धामीले बताउनुभयो ।


केदारस्यु गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जय बहादुर धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी गाउपालिका उपाध्यक्ष मनिसा धामी रहुभएको थियो ।यस्तै बिरामिहरुलाइ स्वास्थ्य चौकि लैजान सहज होस भन्ने उदेश्यले उक्त वडा भित्रका प्रत्यक टोलमा स्टेचर बितरण गरीएको समेत उपाध्यक्ष धामीले बताउनु भयो ।




यसरी चिसोको समयमा व्ल्याङकेट पाउदा सुखी लागेको उनीहरुले बताएका छन् भने टोलमा स्टेचर पाउदा बिरामिलाइ डोको र पिठ्रयुमा बोकेर लिनुपर्ने बाध्यता हटेको स्थानीयले बताएका छन् । भोलि वडा नमबर ७ मा व्याङकेट , स्टेचर र बैशाखी बितरण गर्ने कार्यक्रम रहेको समेत उपाध्यक्ष धामीले बताउनुभयो ।



