सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्यहरुलाई विदाई


धनगढी: सुदूरपश्चिम प्रदेशमा प्रथम कार्यकालमा निर्वाचित प्रदेशसभा सदस्यको कार्य अवधि सकिएको छ । मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएसंगै २०७४ सालमा निर्वाचित प्रदेशसभा सदस्यको कार्य अवधि सकिएको हो ।


प्रथम कार्यकालका प्रतिनिधिसभा सदस्यलाई बुधबार प्रदेश प्रमुखले विदाई तथा सम्मान गरेका थिए ।



उनले निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्ट सहित मन्त्री तथा प्रदेश सभासदस्यलाई खादा ओढाएर सम्मान गरेका थिए ।




