बैतडीमा आजदेखि नेपाल–इन्डो क्रिकेट

बैतडी: बैतडीमा आजदेखि प्रथम खुल्ला नेपाल इन्डो टी २० क्रिकेट प्रतियोगिता शुरु भएकाे छ । पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन भएकाे प्रतियोगिताकाे एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख काैशिला चन्द, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्द,प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही,पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्द लगायतको उपस्थिति रहेकाे थियाे ।

दशरथचन्द नगरपालिका १० स्थित बुड्डाबाजे खेलमैदान रातामाटामा उद्घाटनपश्चात् आज दुई खेल सम्पन्न भएका छन् ।
पहिलाे खेलमा रातामाटा विद्यालयलाई हराएर आयाेजक ए टिम विजयी भएकाे छ । जसमा जितु रावल म्यान अफ द म्याच भए।
दाेस्राे खेलमा एनआरवाइसीलाइ स्तब्ध पार्दै रणशैनी क्लव सुखद सुरूआत गरेकाे छ । उसका रञ्जित थापा म्यान अफ द म्याच चुनिए ।
माघ ५ गते सम्पन्न हुने प्रतियोगितामा नेपाल र भारतका गरि १५ टोलीको सहभागिता रहेकाे छ ।


प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ४० हजार उपविजेता टोलीलाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिनुभयो ।

 

यस्तै म्यान अफ द सिरिजलाई नगद ३ हजार,बेस्ट ब्याट्सम्यानलाई नगद एक हजार पाँच सय,बेस्ट बलरलाई नगद एक हजार पाँच,बेस्ट किपरलाई १ हजार १११ र बेस्ट फिल्डरलाई ७ सय ७७ रुपैंया नगद पुरस्कार दिइनेछ ।

सीमावर्ती क्षेत्रका बासिन्दाहरुबीच खेलमार्फत सद्भाव कायम गर्न र क्रिकेट विकास,खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष चन्दको भनाई छ ।

Loading...