कैलालीको गौरीगंगा बाट पेस्तोलसहित दुई जना पक्राउ

धनगढी : कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छ्न । जिल्लाको गौरीगंगा नगरपालीकामा बुधबार दिउँसो एक थान Made in U.S.A लेखेको पेस्तोलसहित दुई जना पक्राउ परेका हुन् ।

सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी(RIT), जिल्ला प्रहरी कार्यालय कैलाली, ईलाका प्रहरी कार्यालय मालाखेती र ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटीएको संयुक्त प्रहरी टोलीले बिशेष सुचनाको आधारमा जिल्ला कैलाली गौरीगंगा नगरपालीका ९ भगवानपुर बस्ने ३६ बर्षिय महेन्द्र देउवाको घरबाट Made in U.S.A. लेखेको पेस्तोल १ थान बरामद गरेको प्रदेश प्रहरी कार्यलयले जनाएको छ।

घर धनी महेन्द्र देउवा र गौरीगंगा-४ राजिपुर बस्ने बर्ष ३५ को नरेन्द्र खडायतलाई पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरी कार्यलयले बताएको छ।

Loading...