बझाङ सदरमुकाममा शाखा सडक बिस्तार गर्ने क्रममा बिबाद (भिडियो सहित)
जयपृथ्बी नगरपालिका वडा नम्बर १० ले आज सदरमुकाम चैन्पुर भित्र शाखा सडक बिस्तार गर्ने क्रममा बिबाद भएको छ । सदरमुकाम चैन्पुरको नेपाल बिद्युत पाधिकरण बितरण केन्द्रको पुरानो बिद्युत कार्यालय र बन कार्यालय बाट भित्र हुदै सुर्मा देबी मन्दिर सम्म को ट्रयाक खोल्न खोज्दा आज बिबाद भएको हो ।


सडक बिस्तार गर्ने क्रममा आज जयपृथ्बी नगरपालिकाको डोजरले बिद्युत कार्यालयको पर्खाल भत्काउदा उक्त बिबाद उत्पन्न भएको जनाइएको छ । जयपृथबी नगरपालिककाको कार्यपालिका बैठकबाट सडक बिस्तार गर्ने निणर्य अनुसार वडा नम्बर १० ले काम अगाढि बढाएको वडा नमबर १० का वडा अध्यक्ष पुष्प बहादुर सिहले बताउनु भएको छ ।




यता नेपाल बिद्युत पा्रधिकरण बितरण केन्द्र बझाङका कार्यालय प्रमुख हरेन्द्र राय यादबले भने आफुलाइ जानकारी बिना नै कार्यालयको पर्खालमा डोजर लगाएको र बिद्युत कार्यालयका साम्रगीमा क्षती पुगेको बताउनु भएको छ । पर्खाल भत्काउनु भन्दा अगाढि सुचना गर्नुपर्ने भएपनि मनपरी ढँगले आफुखुसी बिदाको दिन पारी बिद्युत कार्यालयको पर्खालमा डोजर लगाएको उहाले बताउनुभयो ।




