RAYS Nepal को आर्थिक संकलन अभियान: दोगाडा मन्दिरमा सिढि तथा गेट निर्माण हुँदै

बैतडी:


बैतडीको सिगास गाउँपालिकामा रहेको शसक्त रुपमा बिभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको RAYS Nepal को आर्थिक संकलन अभियान प्रभावकारी बन्दै गएको छ ।

बिभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको उक्त संस्था आर्थिक संकलन अभियान जुटाउदै बिभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएको हो ।

बेला बेलामा विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको सो सस्थाको पहलमा सिगासको सुप्रसिद्ध धार्मीक स्थल दोगाडा मन्दिरको विकासका लागि पनि आर्थिक संकलन अभियान जारी राखेको छ ।

केही समयअघि मात्र सो सस्थाको पहलमा दोगाडा मन्दिरको विकासका लागि आर्थिक संकलन अभियान सुरु गरिएको र अहिले प्रभावकारी बन्दै गएको संस्थाका अध्यक्ष सूर्यबहादुर बोहराले जानकारी दिनुभएको छ ।

नेपाल र भारतका विभिन्न स्थानबाट दोगाडा मन्दिरको विकासका लागि आर्थिक संकलन अभियान जारी रहेको उहाँले बताउनुभयो। नेपाल र भारत दुबै ठाउँमा RAYS Nepal को विशेष पहलमा आर्थिक संकलन अभियान चलिरहेको उहाँको भनाइ छ ।

दोगाडा मन्दिरमा गेट निर्माण हुँदै
तस्वीर: राजेन्द्र सिह साउद – सुदूरखबर

RAYS Nepal ले आर्थिक संकलन अभियान सुरु गरे सँगै चन्दा स्वरुप सहयोग रकम दान गर्नेहरुको संख्या बढिरहेको भारतमा आर्थिक संकलन अभियान जारी राखेका युवा समाजसेवी गणेश धामीले जानकारी दिनुभएको छ । केही दिन देखि सुरु गरिएको आर्थिक संकलन अभियान बाट भारतमा अहिलेसम्म ९७ हजार नेपाली रुपैयाँ संकलन भएको उहाँको भनाइ छ । यद्यपि आर्थिक संकलन अभियान जारी रहेको अर्का समाजसेवी युवा रमेश सिंह धामीले जानकारी दिनुभएको छ ।

दोगाडा मन्दिरमा गेट निर्माण हुँदै

यसैगरि नेपालमा सो मन्दिरको विकासका लागि आर्थिक संकलन अभियान बाट कति रकम संकलन भयो यसको विवरण केही दिनमा सार्वजनिक गरिने RAYS Nepal ले जनाएको छ ।

दोगाड मन्दिरको विकासमा कसैले चाँसो नदिएको र मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व गुम्न नदिने उद्देश्यले RAYS Nepal ले यही पौष ५ गते दाेगाडा मन्दिर गेट तथा सिुढि निर्माण कार्यका लागि दान पेटिकामा भक्तजनले चढाएकाे भेटी रकम १३ हजार ४ सय ६० र चाैखाम मेलढुकुरी घर भई हाल पिथाैरागढ भारत स्थित प्रवासी चाैखाम समाजका अध्यक्ष दान सिह धामीकाे तर्फबाट ३२ हजार सहयोगमा उक्त अभियानकाे थालनी गरिएको थियो।

दोगाडा मन्दिरमा सिढि निर्माण हुँदै
तस्वीर: राजेन्द्र सिह साउद – सुदूरखबर

सिगास गाउँपालिका वडा नं. ९ मा अवस्थित सुप्रसिद्ध धार्मीक स्थल दोगाडा मन्दिरमा पूजाआजा गरे आँटेको, सोचेको, चिताएको सबै मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । उक्त मन्दिरमा विशेष गरी बलि चढाइन्छ र पूजाआजा गर्ने चलन रहिआएको छ । उक्त मन्दिरमा पूजाआजा गर्न सिगास गाउँपालिका सहित छिमेकी जिल्ला बाट समेत पूजाआजा गर्ने घुइँचो रहदै आएको छ।

RAYS Nepal ले आर्थिक संकलन गरी दोगाडा मन्दिरमा गरिएको सिढि निर्माण
तस्वीर: राजेन्द्र सिह साउद – सुदूरखबर

RAYS Nepal बेलाबखत दु:खिको घाउको मलम बन्दै आएको छ ।
यदि तपाइहरु पनि सिगास ९ मा अवस्थित दाेगाडा मन्दिर गेट तथा सिढि निर्माणमा सहयोग गर्न चाहनुहुन्छ भने निम्न खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सकिन्छ।

Surya Bahadur Bohara
AC-agricultural Development bank (0826604003192015)
Globle ime bank(01907010012786)
Contact-9863529191
Rays Nepal Sigas Baitadi

सम्बन्धित समाचार:-

सिगास ९ मा अवस्थित दाेगाडा मन्दिर गेट तथा सिढि निर्माण गर्न युवाहरुको चाँसो

दाेगाडा मन्दिर गेट तथा सिढि निर्माण गर्न २ दिनमा ५० हजार रुपैयाँ बढी आर्थिक संकलन

 

Loading...