नरेश बिष्ट “निशान” का ५ मुक्तकहरु

कला/साहित्य:


मुक्तक : १
बझाङ्ग जिल्लामा छ घर, भनी दिए मैले ।
नरेश नाम हजुर बिष्ट थर, भनी दिए मैले ।।
रेडियोमा गर्छु काम जनताको आवाज,
अन्याय बिरुद्ध छैन डर, भनी दिए मैले।।


मुक्तक : २
कोही करोड कोही रोडमा, पाल्नुपर्छ जिन्दगी ।
मैनबत्ती जस्तै हजुर सधैं, बाल्नुपर्छ जिन्दगी ।।
सोचे जस्तो हुँदै हुन्न परदेशमा हामी नेपालीलाई,
कहिले भने जेलखानामा, हाल्नुपर्छ जिन्दगी ।।


मुक्तक : ३
आकशमा तारा कति भनी, दम देखाउँछौ ।
तर्साउँदै मलाई बन्दुक अनि, बम देखाउँछौ ।।
नाच्न नजान्ने आगन टेडो भनेझैँ हो महोदय,
किन म मात्रै मान्छे हुँ भन्ने, अहम् देखाउँछौ ।।


मुक्तक : ४
किन हो सबैले अर्कैतिर बाटो, मोड्या छन् ।
स्टाट्समा लाईक कमेन्ट गर्न, छोड्या छन् ।।
यो समाज नी अचम्मको छ हेर मेरा साथी
केटा छोडी केटिकै प्रोफाईल, गोड्या छन् ।।


मुक्तक : ५
अपराधी र अपराधहरु दिन, प्रतिदिन बढ्न नदिउ ।
कानुनका दफाहरु एक-एक, गरि सढ्न नदिउ ।।
मानवता र नैतिकताका कुरा गर्न खोज्दा खेरी,
देश बेच्ने दलाललाई सधैं, शिखर चढ्न नदिउ ।।


नरेश बिष्ट “निशान”
बित्थडचिर गाउँपालिका बझाङ

Loading...