आजको मौसम: आजका लागि यी ६ प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। पूर्वी तथा मध्य तराईका केहि स्थानमा हुस्सु लागेको अवस्था छ।


आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भू-भागमा तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम , कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै तथा बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ ।




देशभरको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र तराईमा बाक्लो हुस्सु लाग्ने भएकोले दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।




