एमालेबाट निर्वाचित सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री रबी लामिछानेको निर्देशन

काठमाडौं: महोत्तरीबाट निर्वाचित नेकपा (एमाले) का संघीय सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताउनुभएको हो ।

 

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको अवसर पारेर आयोजना गरेको जलपान कार्यक्रममा सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

 

 

सुरक्षाकर्मी थमन विकको हत्याको आरोप लागेका महतो गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमालेको तर्फबाट संघीय संसदमा विजयी हुनुभएको थियो ।

 

यता, नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भने सांसद महतोलाई पक्राउ गर्न गृह मन्त्रालयबाट लिखित निर्देशन आइनसकेको जानकारी दिनुभयो ।

 

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Loading...