हिउँदका महिना सुरु भएसँगै उद्योगमा फेरी अघोषित लोडसेडिङ सुरु

काठमाडौं: हिउँदका महिना सुरु भएसँगै मुलुकका विभिन्न औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही वर्षदेखि मुलुक लोडसेडिङमुक्त बनेको थियो ।

नेपाल विद्युत प्राधिकरणले बिहान र साँझ गरेर दैनिक ९ घण्टासम्म उद्योगमा बत्ती कटौती गर्न सुरु गरेको हो । भारतबाट आयातीत विद्युतमध्ये करिब एक सय मेगावाट अवरुद्ध भएसँगै औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको हो ।

उद्योगीहरुका अनुसार बुटवल-भैरहवा, पोखरा, वीरगन्ज, विराटनगरलगायतका औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु भएको छ ।

भैरहवास्थित अर्घाखाँची सिमेन्टका सञ्चालकसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले औद्योगिक क्षेत्रमा हाल दैनिक ९ घण्टासम्म लोडसेडिङ भइरहेको जानकारी दिए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Loading...