धनगढीको एसटिएस हलमा पुस ३० गते जातीय भेदभाव नामक चलचित्र प्रदर्शन गरिने
धनगढी: कैलालीको धनगढी रहेको एसटिएस सिनेमा हलमा जातीय भेदभाव नामक चलचित्र प्रदर्शन गरिने भएको छ । समाजमा रहेका जातीय भेदभावको पीडा देखाइएको चलचित्र पुस ३० गते प्रदर्शन गर्न लागिएको हो ।


चलचित्रका निर्देशक, कथाकार संचय गौतमले शिक्षक समाज दिशानिर्देशन गर्ने भएपनि उनीहरूबाट नै जातिय भेदभाव हुने गरेको कथा यस चलचित्र देखाएको बताए ।




चलचित्रमा नायक अमृत थापा र नायिका आयुसी शाही रहेका छन । यस चलचित्रको संगित ऐलिना चौहानले गरेकि छिन । यस चलचित्रलाई विद्यालयहरुमा पनि प्रोजेक्टरको माध्यमले दिखाइने जनाइएको छ ।


चलचित्रमा एक लाख पचास हजारको लगानीमा निर्माण गरिएको हो । चलचित्रको छायांकन कैलालीको धनगढी र गोदावरी क्षेत्रमा गरिएको थियो ।


