शिक्षक हत्या प्रकरण: आराेपित दम्पती कारागार चलान

बैतडी: बैतडीको पाटन नगरपालिका ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टकाे हत्यामा संलग्न रहेकाे भन्दै एक दम्पतीलाई कारागार चलान गरिएकाे छ । कारागार चलान हुनेमा पुचाैडी नगरपालिका ३ का प्रजा बाेहरा र उनकी श्रीमती बिमला बाेहरा रहेका छन्।
दुबै जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिनुभयाे ।

सुर्नया गाउँपालिका २ घर भएका ५५ वर्षीय शिक्षक पुस २ गते श्रीकृष्णमाविकाे छात्रावास पछाडी मृत भेट्टिएका थिए । त्यसपछि शिक्षककाे हत्यामा संलग्न रहेकाे भन्दै बाेहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । नियन्त्रणपश्चात् बाेहरा दम्पतीले हत्या गरेकाे स्वीकारेपछि प्रहरीले पुस ७ गते पत्रकार सम्मेलन गरि सावर्जनिक गरेकाे छ ।
दुबैजनाबिरूद्ध बैतडी जिल्ला अदालत कर्तव्य ज्यान मुद्दामा दुईपटक म्याद थपेर अनुसन्धान कार्य गरेकाे थियाे।

श्रीकृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो बर्षमा अध्ययन गरिरहेकी बिमला छात्रावासमा बस्दै आएकी थिईन। उनका श्रीमान पनि भेटघाटका लागि पाटन पुगेर छात्राबासमै बसेका थिए ।

छात्राबासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पाैने १० बजे शाैचालय गएकी बिमलालाई अंगालाे हाली दुर्ववहार गरेकाे श्रीमान प्रजाले देखेकाे र त्यसपछि आक्राेशित भएका प्रजाले विष्टकाे छाती,मुखमा हिर्काउदै छात्रावास बाहिर ल्याई पुर्पुराेमा ठाेस बस्तु हिर्काउदै हत्या गरेकाे प्रजाले प्रहरीसमक्ष बयान दिएका छन् ।
विष्टकाे मृत्यु भएपश्चात शवलाई लुकाउन प्रजा र बिमला दुबै जनाले बाेकेर नजिकै रहेकाे केत्तुकेकाे झारीमा फालेका थिए ।

Loading...