नेपाल प्रेस युनियनको सुदूरपश्चिम अध्यक्षमा मनमोहन स्वाँर निर्वाचित

अत्तरिया: नेपाल प्रेस युनियनको सुदूरपश्चिम अध्यक्षमा मनमोहन स्वाँर निर्वाचित भएका छन । युनियनको सुदूरपश्चिम प्रदेश समितिको प्रथम अधिवेशनबाट स्वार अध्यक्षमा निर्विरोध चयन भएका हुन ।

युनियनको खुला उपाध्यक्षमा टेकेन्द्र देउवा, महिला उपाध्यक्षमा गिता कुवँर, समावेशी उपाध्यक्षमा जगत खड्का चयन भएका छन । त्यस्तै सहासचिवमा हरिश भट्ट, खुला सचिवमा राजेन्द्र बहादुर रोकाया, महिला सचिवमा बन्दना बम, समावेशी सचिवमा भीम बहादुर चौधरी र कोषध्यक्षमा बिर बहादुर गडाल चयन भएका छन । समितिमा अन्य १६ जना सदस्य रहेका छन ।

यस्तै अधिवेशनबाट कृत बहादुर बिष्टको संयोजकत्वमा नवराज पनेरु र गगन अयडी रहेको लेखा समिति चयन गरिएको छ ।

Loading...