मैनादेवी र मेलवर्न नेपाल ले गर्यो ईच्छाकामना गाउँपालिकामा दुईसय महिलालाई सेनिटरीप्याड बितरण

अत्तरिया: मैना देवी फाउण्डेशनको आयोजना र मेलबर्न नेपालको सहकार्यमा चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको चेपाङ्ग वस्तीमा गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यमा १८० जना विपन्न वर्गका घर परिवारका महिलालाई पौष २७ गते पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न भयो ।

यस गाउँपालिकाको चेपाङ्ग वस्तीका महिलाहरुको महिनावारी हुँदाको समस्यालाई मध्यनजर गर्दै मैना देवी फाउन्डेसन का संस्थापक तथा नेपालका कान्छा अभियानता केपी खनाल ज्यूको सभाअध्यक्षतामा र सामाजिक सञ्जालको माध्यमबाट समाजमा सकारात्मक चेतना फैलाउँदै प्रख्यातता पाउनु भएको कुलब्याई का नामले परिचित पारस बम ठकुरी ज्यूको विशेष आतिथ्यमा सेनटरी प्याड वितरण एवम् जनचेतना कार्यक्रम सम्पन्न गरेको हो ।


कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष माया सिलवाल ले मन्तव्य दिने क्रममा मैना देवी फाउन्डेस र मेलबर्ननेपाललाई विशेष धन्यवाद दिँदै कार्यक्रम उपलब्धिमूलक भएको बताउनुभयो । कार्यक्रममा सेनटरी प्याड पुनः प्रयोग गर्न सकिने र यसको प्रयोग गर्ने तरिकाको बारेमा पनि छलफल गरिएको थियो ।

कार्यक्रममा यस कार्यक्रमका सभापति मैना देवी फाउण्डेशनका संस्थापक केपी खनाल ज्यूले कार्यक्रमको समापन गर्दै आगामी दिनमा पनि केही समस्या भए खबर गर्न र त्यसको समाधानका लागि मैना देवी फाउन्डेसन सधै तयार रहेको बताउँदै कार्यक्रमको समापन भयो ।

Loading...