कृष्णपुरमा “नागरीकसँग मेयर कार्यक्रम” को शुभारम्भ,पहिलो चरणमा सम्पूर्ण नागरीकको निशुल्क स्वास्थ्य परीक्षण गरिने

कृष्णपुर: कृष्णपुर नगरपालिकाले नागरीकसँग मेयर कार्यक्रम शुरु गरेको छ । एक कार्यक्रमका बीच विहिबार नगरपालिकाको सभाकक्षमा नगरप्रमुख हेमराज ओझाले उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन । “नागरीकसँग मेयर कार्यक्रम” को पहिलो चरणमा कृष्णपुर नगरपालिकाका प्रत्येक नागरीकको स्वास्थ्य प्राश्वचित्र (प्रोफाइल ) बनाउने उद्येश्यका साथ स्वास्थ्यकर्मीको टोली ९ वटै वडाका नागरीकहरुको घरआगनमै पुगी निशुल्क रक्तचाप द्यए जाँच गरिनुका साथै दिर्घरोगहरु महिलाको आङ खस्ने समस्या,मृगोला रोगहरु/मृगोला प्रत्यारोपण,क्यान्सर,मुटुरोग COPD / दम ,स्पाइनल ईन्जुरी हेड ईन्जुरी,अपाङ्गता,सिकल सेल एनिमिया,थालेसिमिया,क्रोनिल लिभर डिजिज, मष्तिस्क घात,जटिल किसिमको बर्न,मानसिक रोग लगायत नसर्ने रोगहरुको विवरण संकलन गरिने नगरप्रमुख हेमराज ओझाले बताए ।
त्यसपछि दोश्रो चरणमा आवश्कता अनुसार स्वास्थ्य शिविर सञ्चालनमा ल्याइने र थप स्वास्थ्य सम्बन्धी कार्यक्रम अगाडी बढाइने नगरप्रमुख ओझाले बताएका छन ।


नगरप्रमुख ओझाले कृष्णपुर नगरपालिकाका नागरीकहरुको स्थास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै आनो कार्यकाल भित्रै नगर अस्पताल पनि सञ्चालनमा ल्याइने बताए । हाल कृष्णपुर नगरपालिका वडा न ५ गुलरीयामा रहेको कृष्णपुर स्वास्थ्य चौकीले २४सौं घण्टा आकस्मिक सेवा प्रदान गर्दै आएको छ ।

No photo description available.

त्यस्तै नगरपालिकाले हाल गर्भपती महिला,दिर्घरोगी,आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई निशुल्क एम्बुलेन्स सेवा,आवश्यकता अनुसार कृष्णपुरका नागरीकलाई निशुल्क रगत सेवा, कृष्णपुर स्वास्थ्य चौकीमा सम्पूर्ण स्वास्थ्य चेकजाँच निशुल्क लगाएतका सेवा दिदै आएको छ ।

उक्त नागरीकसँग मेयर कार्यक्रममा नगरप्रमुख ओझासहित नगरउपप्रमुख द्रोपती राना,स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिस्ट,कृष्णपुरका सम्पूर्ण स्वास्थ्य युनीटका ईन्चार्ज र सञ्चारक्रमीहरुको उपस्थिति रहेको थियो ।

Loading...