स्वास्थ्य सेवामा बिशेष छुट दिने गरी अत्तरिया हस्पिटल र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस बीच सम्झौता
अत्तरिया: कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटल र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस बीच विद्यार्थी प्राध्यापकलाई स्वास्थ्य सेवामा बिशेष छुट दिने सम्झौता भएको छ ।


बिहीबार स्वास्थ्य सेवामा छुट दिने सम्झौताबारे अत्तरिया हस्पिटल र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबीच सम्झौता भएको हो ।




जस अन्तरगत ओपीडी, ल्याब जाँच, अप्रेशन, आइसियु क्याबिन, इन्डोस्कोपी, लगायत सेवामा क्याम्पसका प्राध्यापक र विद्यार्थीले १० देखि ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने हस्पिटलले जनाएको छ ।


उक्त सेवा लिन विद्यार्थी र प्राध्यापकले आफ्नो परिचय पत्र अनिवार्य देखाउनु पर्ने हस्पिटल जनाएको छ ।
उक्त सम्झौता पत्रमा अस्पतालका कार्यकारी निर्देशक डिल्लीराज पाठक र क्याम्पसका प्रमुख डम्मर पालले हस्ताक्षर गरेका थिए ।


