बुङ्गल सेवा समाज बझाङको आयोजनामा मैत्रीपुर्ण खेल तथा माघी मिलन कार्यक्रम धनगढीमा

समीर मल्ल /धनगढी: पुर्खेली घर बझाङ बुङ्गल भैइ कैलाली कंचनपुरमा विभिन्न पेशमा आबद्ध उद्ध्योगी, व्यापारी, कर्मचारी ,तथा राजनीतिककर्मी लगायत सम्पुर्ण बुङ्गलबासी हरुलाइ मैत्रीपुर्ण खेलको माध्यमबाट जोड्ने र सु.प को सास्कृतिक पर्व माघी बिशेशको उपलक्ष्यमा भेटघाट गर्ने उद्देश्यले यहि मिति २०७९ पौष ३० गतेका दिन धनगढिको खुल्लामन्च ( कबर्डहलमा) मैत्रीपुर्ण बोकाकप भलिबल प्रतियोगिता र पेनाल्टी सुट( फुटबल) खेल आयोजना हुने भएकोछ ।

 

प्रतियोगिता ठिक १० बजेबाट सन्चालन हुने बुङ्गल सेवा समाज मुल समितिका उपाध्यक्ष शैलेन्द्र बहादुर सिंहले जानकारी गराउनुभयो ।

“स्वास्थ्यका लागि खेल रास्टका लागि खेल” सङ्गै सास्कृतिक पर्व माघिमा भातृत्व र बन्धुत्वको सम्बन्ध कायम राख्ने उदेश्यले शुभकामना आदानप्रदान गर्दै घ्यु चाकु र तरुल खायर मनाउने उपाध्यक्ष सिंहले बताउनु भयो ।

उपस्थित सम्पुर्ण सहभागी हरुलाई प्रमाणपत्र सहित बिजेतालाई उचित पुरुस्कारको ब्यबस्था पनि गरियको भन्दै उपाध्यक्ष सिंहले खेलप्रेमी लगायत समाज सङ्ग आबद्ध सम्पुर्णलाइ उपस्थितिको लागि अनुरोध पनि गर्नुभयको छ

Loading...