नेतृत्व विकास तथा स्थानीय सरकारको नीति निर्माणमा बालसहभागीता सम्बन्धि ३ दिने तालिम सम्पन्न
बझाङ: नगर स्तरीय बाल क्लब सञ्जाललाइ “नेतृत्व बिकास तथा स्थानीय सरकारको नीति निर्माणमा बाल सहभागीता ” सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । यहि २६ गते देखी सदरमुकाम चैन्पुसरमा सञ्चालन भएको तालिम आज सम्पन्न भएको हो । जयपृथ्बी नगरपालिकाको आयोजना प्रगतिशिल युवा समाज र वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा तालिम सञ्चालन गरीएको थियो ।


बालबालिकाहरुको नेतृत्व बिकास गर्न , स्थानीय तहको नितीनिर्माणमा बालबालिकाको सहभागीता सुनिश्चित गर्न , बालअधिकार तथा बनलमैत्री स्थानीय शासनको प्रबद्धन गर्ने उदेश्यले तालिमको आयोजना गरीएको हो । प्रगतीशिल युवा समाजका अध्यक्ष रमेश केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी जयपृथ्बी नगरपालिका उपमेयर रतन बहादुर सिह रहनु भएको थियो । कार्यक्रममा ३ दिन सम्म जयपृथ्बी नगरपालिका महिला शाखाका मिना रेग्मी र शारदा कुमारी जोशीले प्रशिक्षण दिनुभएको थियो ।




कार्यक्रममा बोल्दै नगर उपप्रमुख रतन बहादुर सिहले बालबालिका भबिष्यको कणर्धार भएकाले उक्त सँस्थाले बालबालिकाको क्षेत्रमा रामो्र काम गरीरहेको बताउदै नगरपालिकको उपप्रमुख भएको हैसियतले आफुले पनि बालबालिकाको यस्ता क्रियाकलाप र हकहितको लागी सधै लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


यस्तै प्रगतीशिल युवा समाजका अध्यक्ष रमेश केसीले समेत बालबालिका भोलिका युवा भएर देश हाक्ने व्यक्ति भएकाले स्थानीय तहले समेत बालबालिकालाइ बजेट बिनियोजन गर्दा अर्थपुणर् सहभागीता गराउनुपर्ने बताउनुभयो । अझैपनि कतीपय बालबालिका बिभिन्न कारणले बिद्यालय भन्दा बाहिर रहेकाले स्थानीय तहले यस्ता बालबालिकाको तथ्याङक सँकलन गरी बिद्यालयको पहुचमा ल्याउनुपर्ने बताउनभएको छ । जयपृथ्बी नगरपािलका ६ र ११ वडा लाइ बालमैत्री घोषणा गर्ने कार्यक्रम रहेकाले समन्वय ,सहकार्यको लागी नगरपालिकाले साथ दिनुपर्ने समेत उहाले बताउनुभयो ।
प्रगतीशिल युवा समाज सँस्थाले जिल्लामा शिक्षा स्वास्थ्य जिबिकोपार्जन,भौतिक निर्माणको क्षेत्रमा रामो्र काम गदै आएको छ । तालिममा ११ वटै वडालाइ प्रतिनिधित्व हुने गरी नगर स्तरीय बाल क्लब सञ्जालका २० जना बालबालिकाको उपश्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन फिल्ड कार्यक्रम अधिकृत विनोद थापाले गर्नुभएको थियो ।



